भारतमा कोरोनाबाट २४ घण्टामा ९०४ को मृत्यु
चैत ३०, हेटौैैंडा – छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण हरेक दिन बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ९०४ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघेको छ । भारतमा हालसम्म मृत्यु हुनेको संख्या एक लाख ७० हजार १७९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख ६८ हजार ९१२ जना संक्रमित पुष्टि भएको छ ।
यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड ३५ लाख २७ हजार ७१७ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म एक करोड २१ लाख ५६ हजार ५२९ जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा ७५ हजार ८६ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
भारतमा हाल १२ लाख १ हजार ९ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।


























