जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
१ वैशाख, प्युठान । गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेकाहरु सवार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
लु१ज १६५५ नं.को जिप बुधबार बिहान प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी इन्सपेक्टर देवीप्रसाद गैरेले जानकारी दिए । मृतकको सनाखत भइसकेको छैन ।


























