प्यूठानमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुग्यो

हेटौंडा प्यूठान । स्वर्गद्वारी भ्रमणका लागि गएको जीप प्यूठानमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । जिल्ला प्रशासन गुल्मीका कर्मचारी र परिवारका सदस्यलाई लिएर धार्मिक भ्रमणका लागि गएको लु १ ज १६५५ नम्बरको जीप आज बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो । दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, यमलाल पन्थी, मुसिकोट नगरपालिका–३ बस्ने का २२ वर्षका सवारी चालक केशव कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

१६ जना सवार जीपमा अन्य ११ जना घाइते भएका छन् । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा लगिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

गम्भीर घाइतेलाई भने हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*