भोली नेपालको पाँच जिल्लामा सार्वजनिक बिदा

काठमाडौं, वैशाख १ – सरकारले पाँच जिल्लामा बिहीबार पनि सार्वजनिक बिदा दिने भएको छ।

बिहीबार सिरूवा–पावनी पर्वको उपलक्ष्यमा पाँच जिल्लामा बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा सार्वजनिक बिदा दिने जानकार दिएको हो ।

मन्त्रिपरिषद्को निर्णयानुसार २०७८ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा गत चैत ९ गते नै राजपत्रमा प्रकाशित गरेको थियो।

राजपत्रमा प्रकाशित उक्त सूचनाअनुसार सिरूवापावनी पर्व परेकाले बिहीबार उक्त पर्व मनाइने पाँचै जिल्लामा बिदा हुने मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*