कोरोना भाइरसका कारण पत्रकार मिश्रको मृत्यु

बैशाख २, काठमाडौ –कोरोना सङ्क्रमणका कारण गए राति एक पत्रकारको मृत्यु भएको छ।

झापाका ४८ वर्षीय पत्रकार कमल मिश्रको कोभिड १९ का कारण भएको हो। उनको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको थियो। चार दिन अघिमात्रै फेसबुक स्टाटस लेख्दै मिश्रले कोरोना जितेर फर्कने जनाएका थिए।

विर्तामोड नगरपालिका–८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए। भारतबाट फर्किए लगत्तै बिरामी परेका उनको स्वाथ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

उपचारकै क्रममा उनको गए राति मृत्यु भएको हो। उनी विगत दुई वर्षदेखि काठमाडौँको भक्तपुरस्थित राधेराधेमा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए। उनी द्वन्द्व पीडित पत्रकारसमेत हुन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*