विद्यार्थीमा कोरोना देखिन थाले पछि काठमाडौँमा विद्यालय बन्द गर्ने तयारी

बैशाख ३, काठमाडौँ– विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि काठमाडौँ महानगरपालिकाले विद्यालय बन्दको तयारी गरेको छ ।

महानगरले आजैबाट लागू हुने गरी विद्यार्थीमा कोरोना देखिएका विद्यालय बन्दको तयारी गरेको हो ।काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले केहीबेरमा विद्यालय सञ्चालनबारेको सूचना जारी गर्ने बताए ।

उनले भने, ‘काठमाडौँका केही विद्यालयमा विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको छ । यस्तो अवस्थामा विद्यालयले के गर्ने भन्ने योजनासहितको सूचना महानगरले जारी गर्नेछ । ‘ उनले अहिले आफू कार्यलय जाँदै गरेको र कार्यालय पुगेपछी सूचना जारी गर्ने खबरहबलाई बताए ।

अहिले काठमाडौँको चावहिलस्थित मित्र आधारभूत विद्यालयका शिक्षक, नक्सालमा रहेको नन्दिरात्री माध्यमिक विद्यालय र प्रदर्शनी मार्गको पद्मोदय माध्यमिक विद्यालयका विद्यार्थीमा कोरोना देखिएको छ ।

कोरोनाको दोस्रो लहरमा विद्यार्थी संक्रमणको दर बढेपछि महानगरले काठमाडौँका विद्यालयलाई लक्षित गर्दै सूचना जारी गर्न लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*