कोटेश्वर पुगे बादल माधव नेपाललाई भेट्न

४ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनको निवासमा पुगेका छन् ।

जेठ ६ गते उपनिर्वाचनको मिति नजिकिएका बेला थाप नेता नेपाललाई भेट्न पुगेका हुन् । राष्ट्रियसभा उपनिर्वाचनमा थापाको प्रतिस्पर्धीमा माधव नेपाल समूहका डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ रहेका छन् ।

देवकोटालाई माधव नेपाल पक्ष, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*