बादललाई राप्रपाले मतदान गर्ने
हेटौंडा,जेठ ५- राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि हुने बागमती प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने निर्वाचनमा नेकपा एमाले उम्मदेवार रामबहादुर थापा बादललाई मतदान गर्ने भएको छ ।
राप्रपा केन्द्रीय सचिवालय प्रमुख भाष्कर भद्रा र ध्रुवबहादुर प्रधानले बिज्ञप्ति जारी गरि राप्रपाका प्रदेश सभा सदस्य, गाँउपालिका अध्यक्ष उपाध्यक्षहरुलाई जानकारी गराइएको उल्लेख गरेका छन् ।
राप्रपाले एमालेबाट सहयोगका लागि आधिकारिक पत्र आएपछि एमालेका उम्मेदवारलाई मतदान गर्ने निर्णय भएको जनाएको थियो ।


























