आज स्थायी कमिटीको बैठक बस्दै

जेठ ६,हेटौंडा – प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओलीले मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको आन्तरिक विवादका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा संसदको बैठक र विश्वासको मत लिने विषयमा छलफल हुनेछ । स्थायीका एक स्थायी कमिटी सदस्यका अनुसार नीति तथा कार्यक्रम र वजेट ल्याउनभन्दा अगाडि विश्वासको मत लिने विषयमा पनि छलफल हुन सक्नेछ ।

प्रधानमन्त्री ओली प्रधानमन्त्री बनेपछि विश्वासको मत लिएका छैनन् । संवैधानिक व्यवसथाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिएर मात्रै वजेट ल्याउन सुझाव आएपछि ओलीले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको बुझाएको छ ।

पार्टीभित्रको विवाद मिलाउने विषयमा पनि छलफल हुन सक्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*