प्रधानमन्त्री ओलीलाई कांग्रेसको १५ बुँदे ज्ञापन पत्र

जेठ ६, काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाउनु भएको छ ।

पार्टीका शीर्ष नेताहरुसहित सिंहदरबार पुगेका सभापति देउवाले ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री ओलीलाई नागरिकको जीवनप्रति जिम्मेवार रहन आग्रह गर्नु भएको हो ।

कोरोनाविरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराउन, अक्सिजनको अभाव अन्त्य गर्न र खोप खरिदमा भएको अनियमितताको छानबिन गर्न समेत उहाँले माग गर्नु भएको छ ।

‘कोभिड-१९ महामारीको पहिलेको चरणभन्दा यो चरण कयौँ गुणा भयावह छ । सीमानाकाहरुको समयमा नै समुचित व्यवस्थापन गर्नेतर्फ सरकार गम्भीर नहुँदा पनि यो अवस्था सिर्जना भएको हो ।

सङ्क्रमण दर र मृत्यु दर उच्च गतिमा बढेको छ’ ज्ञापन पत्रमा भनिएको छ । यस्तै, खोप किन्ने कुरामा पनि भ्रष्टाचार भएको भन्दै उहाँले ध्यानाकर्षण गराउनु भएको छ ।

जवाफमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सरकारले दिनरात प्रयत्न गरेको र भ्रष्टाचारको आरोप निराधार रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*