राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा मतदान कार्यक्रम सम्पन्न

जेठ ६, हेटौंडा । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा मतदान कार्यक्रम सम्पन्न भएको छ ।

हेटौंडा स्थित भुटनदेविमा माविमा बिहान ९ बजेबाट सुरु भएको मतदान कार्यक्रम अपराह्न ३ बजे सम्पन्न भएको हो । निर्वाचनमा बागमती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ जनाले मतदान गर्न पाउनेमा ३ सय ३७ जना मतदाताले मात्र मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश सभा सदस्यमा १ सय ५ जना र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा २ सय ३२ जना गरी ३ सय ३७ जनाले मत खसालेको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन् । उपनिर्वाचन ३ जनाको उम्मेद्वारी रहेको छ । एमालेबाट गृहमन्त्री रामबहादुर थापा मगर,नेमकिपाबाट कृष्णबहादुर तामाङ र स्वतन्त्रबाट खिमलाल देवकोटा रहेका छन् ।

राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएका गृहमन्त्री थापालाई सूर्य चिन्ह, नेमकिपाका उम्मेदवार तामाङलाई मादल चिन्ह र काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका डाक्टर खिमलाल देवकोटालाई कलम चुनाव चिन्ह रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*