चीनबाट २ लाख खोप आइतबार नेपाल आउने

जेठ १४, हेटौंडा-  चीनका राष्ट्रपति सी चिनफिङले घोषणा गरेको १० लाख डोजमध्ये २ लाख खोप आइतबार नेपाल आइपुग्ने भएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य पत्रकारसँग गरेको जुम अन्तर्क्रियाका क्रममा उक्त जानकारी दिएका हुन्। उनका अनुसार मे ३० तारिख अर्थात् पर्सि तिब्बतबाट २ लाख खोप आउनेछ।

त्यसपछि जुन १ वा २ तारिखमा थप ८ लाख खोप चीनबाट आउने पनि उनले जानकारी दिए। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सीबीच केही दिनअघि फोन वार्ता भएको थियो। वार्तालगत्तै राष्ट्रपति सीले नेपाललाई अनुदानमा १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*