चीनमा भेटियो डाइनोसरको अवशेष

चीन,जेठ २४-  चीनमा जीवाश्मवैज्ञानिकहरूले विशाल डाइनोसरको अवशेष फेला पारेका छन् ।

दक्षिणपश्चिम क्षेत्रमा रहेको लुफङमा भेटिएको अवशेष ७० प्रतिशत दुरुस्त अवस्थामा फेला पारेका हुन् । डाइनोसरको लम्बाइ लगभग आठ मिटर छ । मे महिनाको अन्त्यतिर फेला परेको डाइनोसर १८ करोड वर्षअघिको हो । त्यतिखेरको समयलाई जुरासिक काल भनिन्छ ।

डाइनोसर अवशेष संरक्षण तथा अनुसन्धान केन्द्रका प्रमुख वाङ थाओले भने, ‘यसरी डाइनोसरको ठूलो अवशेष संसारमै दुर्लभ हुन्छ ।’यो अवशेष राष्ट्रिय खजाना भएको र आफूहरूले डाइनोसरको खप्पर उत्खनन गर्ने आशा राखेको उनी बताउँछन् ।

‘हामीले वर्षौं लगाएर पत्ता लगाएको अवशेषबाट यो विशाल लुफेनगोसरस हो भन्ने विश्वास छ । त्यो जुरासिक युगको आरम्भतिर हुने गर्थ्यो,’ उनले थपे । केन्द्रले डाइनोसरको कंकाललाई सुरक्षित स्थानमा लग्न खोज्दैछ किनकि त्यहाँ भूक्षयको जोखिम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*