मकवानपुरमा बजार खुल्ने समय हेरफेर गरी फेरी थपियो निषेधाज्ञा

मकवानपुर –  मकवानपुरमा जारी निषेधाज्ञा भदौ १० गते सम्म थप भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले जारी निषेधाज्ञामा कडाई गरि थप गर्ने निर्णय गरेको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेका अनुसार अब मकवानपुरमा खाद्यान्न व्यवसाय बिहान १० बजे सम्म सञ्चालन हुनेछ भने अन्य व्यवसाय १० बजे देखी ५ बजे सम्म सञ्चालन हुने छ । यस अघि बजार खुल्ने समय खाद्यान्नको लागि १० बजे सम्म र अन्य १२ बजे देखी ४ बजे सम्म रहेको थियो ।

यस्तै बैठकले बैंक तथा वित्तिय संस्था हरेक दिन १० बजे देखी २ बजे सम्म खुला राख्ने निर्णय गरेको छ । त्यसैगरी मकवानपुरमा माक्स अभियानलाई शसक्त रुपमा लैजाने भएको छ । माक्स नलगाउनेलाई जरिवाना समेत लिने भएको छ । अन्य निर्णय भने पुरानै यथावत् रहने प्रशासनले जनाएको छ । समय सिमा भन्दा व्यवसाय गरिएको पाइएमा कडाभन्दा कडा कारवाही गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*