हेटौंडाको विकासलाई कसैले रोक्न नसक्ने निवर्तमान मुख्यमन्त्री पौडेलको भनाई
हेटौंडा । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले आफ्नो सरकारका ४२ महिनामा प्रदेशका जिल्लासंगै हेटौंडामा काँचुली फेरीनेगरी काम गरिएको वताउनुभएको छ । आज बिहान पत्रकार सम्मेलन गर्दै उहाँले हेटौंडाका हरेक क्षेत्रमा बिकासले गति लिएको वताउनुभयो ।
हेटौंडा राजधानी भएकाले अब यहाँको विकासलाई कसैले चाहेर पनि रोक्न नसक्ने पौडेलको तर्क छ । अहिले सम्म आफ्नो नेतृत्वको सरकारले गरेका काम अत्यन्तै राम्रो रहेको वहाँले वताउनुभयो । हेटौंडाको अस्पताल, रंगशाला, सडक निर्माण लगायतका क्षेत्रमा धेरै विकास गरिएको उहाँले वताउनुभयो ।
हेटौंडा ६ गौरिटारमा रहेको राष्ट्रिय खेलकुद प्रतिष्ठानामा खेलकुद विकासका विभिन्न कामहरु भईरहेको बताउदै उहाँले भन्नुभयो–‘हेटौंडा प्रदेशको राजधानी भएको छ । अब यहाँको विकासलाई कसैले रोक्न सक्दैन । म सरकारमा भएपनि नभएपनि प्रदेशको राजधानी विकासको लागि प्रदेश सरकारले काम गर्नेछ । म हुँदा चाँडो हुँन्थो होला,नहुँदा ढिलो हुनसक्छ तर काम हुनबाट कसैले रोक्न सक्दैन् ।’
३ वर्षमा प्रदेशको १३ वटै जिल्लामा विकासका कामहरु भएको बताउँदै भन्नुभयो–‘आफुले ३ वर्ष मुख्यमन्त्रीको जिम्मेवारी समाल्दा प्रदेशको भौतिक पूर्वाधार,सामाजिक, स्वास्थ्य, शिक्षा, खेलकुद, शुसासनको क्षेत्रहरुमा महत्वपूर्ण कामहरु भएको छ।
मुख्यमन्त्री पौडेलले बुधबार नेकपा एमाले पार्टीको एकता हितको लागि भन्दै मुख्यमन्त्री पदबाट राजिनामा दिनुभएको थियो ।जनपत्रबाट साभार


























