वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लैजाने तयारी

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’लाई उपचारका लागि थाइल्याण्ड लाने तयारी गरिएको छ।

सुमेरु अस्पतालमा उपचारत पुनको स्वास्थ्यमा कुनै सुधार नभएपछि थाइल्याण्ड लाने तयारी गरिएको माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए। पुनलाई पुरानै रोग जन्डिस बल्झिएपछि उपचारका लागि विदेश लैजान लागिएको हो।

‘अहिलेसम्म स्वास्थ्यमा सुधार भएको छैन। आज दिनभरी सबै रिपोर्टको अध्ययन गरिने छ। दिनभर स्वास्थ्यमा कुनै सुधारका संकेत नदेखिए थाइल्याण्ड लग्ने तयारी छ’, सापकोटाले भने ‘चिकित्सकले सकेसम्म नेपालमै उपचार गरेर निको बनाउने प्रयास गर्नु भएको छ। नेपालमै उपचार सम्भव नभए यसअघि उपचार गरिएको अस्पताल लैजाने कुरा भएको छ।’

तर, पुनको स्वास्थ्य अवस्था भने स्थिर रहेको सापकोटाले बताए। पुन गत साता स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*