श्री एअरलाइन्सको विमान चिप्लिएर घाँसे मैदानमा , यात्रुहरु सकुशल

काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज जान लागेको श्री एअरलाइन्सको विमावन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे बाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ ।

श्री एअरको विमान SHA४२१ उडान भर्नका लागि यात्रु भरेर रनवेमा निस्कने क्रममा जहाजको एकापटिको पांग्रा चिप्लिएर घासे मैदानमा धस्सिएको हो ।

क्याप्टेन महेश्वरी डंगोलले चलाईरहेको विमानमा ८० जना यात्रु रहेका थिए । जहाज रन वेबाट बाहिर पुगेपछि यात्रुहरुलाई बाहिर निकालिएको र उनीहरुलाई अर्को विमानबाट नेपालगञ्ज पठाउने तयारी भईरहेको विमानस्थल स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*