आज माल्दिभ्सबाट एस्ट्राजेनेका खोप आउँदै
काठमाडौं । माल्दिभ्स सरकारले उपहारस्वरुप उपलव्ध गराएको कोरोना विरुद्धको एक लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप आज दिउसो नेपाल आइपुग्ने भएको छ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार कतार एयरको नियमित उडान मार्फत बेलुका ८ बजे उक्त खोप नेपाल आइपुग्ने छ।
























