थप ३९० मा कोरोना संक्रमण पुष्टि , ५ जनाको मृत्यु

काठमाडौँ –  नेपालमा पछिल्लो २४ घण्टामा थप ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ५३ पुगेको छ।

सोमबार ४२५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ७ हजार ६५४ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा २ हजार ६०६ पीसीआर तथा २ हजार ४ सय २० एन्टिजेन परीक्षण भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*