फाइजरको ६० लाख डोज खोप खरिदका लागि स्वीकृति दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं – सरकारले ६० लाख डोज फाइजरको खोप खरिदका लागि स्वीकृति दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० लाख ९ सय डोज फाइजर खोप खरिदका लागि गरेको प्रस्तावलाई स्वीकृति दिने निर्णय गरेको हो।

यो निर्णयसँगै बालबालिकाका लागि खोप खरिदको बाटो खुलेको छ। सरकारले १८ वर्षसम्मका बालबालिकाका लागि खोप लगाउन उक्त खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको थियो। खोप खरिदका लागि स्वास्थ्य सेवा विभागमा केही कानुनी अप्ठ्यारो देखिएपछि सरकारले खोप खरिदको अधिकार प्रत्यायोजनसहित बाधा अड्काउ फुकाउको निर्णय गर्दै खरिदको स्वीकृति दिएको एक मन्त्रीले जानकारी दिए।

फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई समेत लगाउन सकिने विभिन्न अध्ययनले देखाएको छ। केही हप्ताअघि सार्वजनिक एक अध्ययन अनुसार यो खोप ५ देखि ११ वर्षसम्मका बालबालिकामा ९१ प्रतिशत प्रभावकारी देखिएको थियो।

नेपालमा पनि गाभीको सहयोगमा १ लाख ६२० डोज फाइजरको खोप आइसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*