मुलुकभर थप २९६ जनामा कोरोना पुष्टि
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९७२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ७ हजार ७७७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ७१ जना र १ हजार १९५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १३ हजार ८५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३६९ जना कोरोनामुक्त भए, ५ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ६९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९९ हजार ५५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९७२ जनाको परीक्षण हुँदा हालसम्म कुल ५२ लाख ५५ हजार ०६२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ ।
























