पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्‍य

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

६ हजार ४ सय जनाको पीसीआर परीक्षण गर्दा २२३ जना र १ हजार ४ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने शून्‍य रहेको छ । यस्तै ३४७ जना निको भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*