हेटौँडाको वन विज्ञान अध्ययन सस्थान चुनावी ‘रणभूमि’मा परिणत

हेटौँडा । नेपाली कांग्रेसको बागमती प्रदेश अधिवेशनको स्थान हेटौँडाको वन विज्ञान अध्ययन सस्थान यतिबेला चुनावी ‘रणभूमि’मा परिणत भएको छ ।
एएफयु अन्र्तगत मास्टर्स तहको परिक्षा सञ्चालन भैरहेको अवस्थामा कांग्रेसको बागमती प्रदेश अधिवेशन तथा चुनावी कार्यक्रमको लागि अनुमति दिएर त्रिभूवन विश्व विद्यालय तथा एएफयुका डिन तथा क्याम्पस प्रशासन यतिबेला एकअर्कालाई दोषारोपणमा ब्यस्थ बनेका छन् ।

शैक्षिक सस्था त्यसमाथी पनि परिक्षा र पठनपाठन भैरहेको समयमा प्रदेश अधिवेशन गर्न दिने अब्यवहारिक निर्णय गरेपछि विवादमा मुछिएका छन् । खबरब्रेकले यो विषयमा एएफयुका डिन बलराम भट्टसँग प्रतिक्रिया लिँदा आफुहरुले कांग्रेस अधिवेशनको लागि ‘फर्मल’ सहमतिपत्र नदिएको बताए । उनले भने ‘अरु बेला टियुले आफ्नो प्रपटी भनेर आफुहरुलाई भन्ने तर विवाद आउँदा सबै गल्ति हामीलाई देखाउनु भएन नि’ उनले आफुहरु तर्फको मास्टर्स तहको परिक्षा भैरहेको भने स्विकार गरे । लोकल लेभलको लिडरनै उम्मेद्वार बनेपछि आफुहरुले पनि रोक्न नसकेकेो उनको भनाई छ ।

यो विषयमा हामीले वन विज्ञान अध्ययन सस्थानका क्याम्पस प्रमुख श्रीकुमार माञ्जनसँग प्रतिक्रिया लिँदा उनले कार्यक्रमले पठनपाठनमा समस्या ल्याएको भएपनि पढाई अबरुद्ध नभएको बताए । आफुहरुले राजनीतिक प्रेसरको कारण कार्यक्रम गर्न अनुमती दिएको भन्दै आगामी दिनमा यस्ताखाले कुनैपनि कार्यक्रम गर्न नदिने बताए । उनले आफुहरुलाई कार्यक्रममा माईक प्रयोग भएको बारे थाहा नभएको भन्ने हास्यस्पद अभिब्यक्ती समेत दिएका छन् ।

यसैबिच नेपाली कांग्रेसको पहिलो बागमती प्रदेश अधिवेशन गर्ने नाउँमा हेटौँडामा रहेको वन विज्ञान अध्ययन सस्थानलाई राजनीतिको अखडा बनाएको भन्दै दुईवटा विद्यार्थी संगठनले भत्र्सना गरेका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै ति विद्यार्थी संगठनले पठनपाठन र परिक्षालाई समेत असर पर्नेगरि कांग्रेसको अधिवेशन तथा निर्वाचन प्रक्रिया भैरहेको प्रति घोर भत्र्सना गरेका हुन् ।
अनेरास्ववियु तथा अनेरास्ववियु क्रान्तिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै शैक्षिक सस्था भित्रको शैक्षिक वातावरण खलल हुने गरि अधिवेशन गर्न दिएको प्रति बिरोध गरेका हुन् । सस्थानमा परिक्षा समेत भैरहेको सन्र्दभमा कार्यक्रम गर्न दिनु अत्यन्तै निन्दीय काम भएको ति विद्यार्थी संगठनका नेताहरुको भनाई छ ।
यस अघि विद्यार्थीको कदर स्वरुप सफल विद्यार्थीहरुको तस्बिर समेत टास्न नदिने प्रशासनले अहिले राजनीतिक दलका नेताहरुको तस्बिर क्याम्पस परिषरभर टास्न दिएर अनैतिक काम गरेको विद्यार्थी संगठनको आरोप रहेको छ । खबरब्रेकबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*