प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई

काठमाडौँ – विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। एपीएफले प्रदेश १ लाई सात विकेटले हराउँदै उपाधि जितेको हो।

एपीएफले ३४ बलअघि नै सहज जीत पाएको थियो। जीतका लागि ६७ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले १४ ओभर २ बलमा ३ विकेट गुमाउँदै ६८ रन बनायो।

एपीएफको जीतमा विकेट किपरसमेत रहेकी ब्याटर ज्योति पाण्डेले ३९ बलमा ६ छक्कासहित सर्वाधिक ३६ रन बनाइन्। यस्तै ममता चौधरी २३ बलमा २ चौकासहित १९ रनमा अविजित रहिन्।

प्रदेश १ की कप्तान रुविना क्षेत्रीले एक्लै ३ विकेट लिइन्। ४ ओभर बलिङ गरेकी रुविनाले १ मेडन राख्दै १० रन खर्चेकी थिइन्।

यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा कप्तान सीता रानामगरले घातक बलिङ गरेपछि विभागीय टोली एपीएफले उपाधि जित्न ६८ रनको सामान्य लक्ष्य पाएको थियो। टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनाएको हो।

प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ४६ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन जोडिन्। यस्तै अप्सरी बेगमले ३४ बलमा १ चौकासहित ११ रनको योगदान दिइन्। अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन्। एपीएफकी सीता रानामगरले सर्वाधिक ३ विकेट लिइन्। रेखा रावलले २ र करुणा भण्डारीले १ विकेट लिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*