एमालेलाई मकवानपुरमा पहिलो शक्तिको रुपमा स्थापित गर्छौ – रामेश्वर राना
फाखेल । नेकपा एमाले केन्द्रीयका सदस्य एवं मकवानपुर ईन्चार्ज रामेश्वर रानाले नेकपा एमाललेलाई मकवानपुरमा पहिलो शक्तिको रुपमा निरन्तर स्थापित गर्ने बताएका छन् ।
शनिबार फाखेलमा एमाले ईन्द्रसरोबर ४ नंबर वडा कमिटीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ईन्चार्ज रानाले जिल्लामा एमाललेलाई निरन्तर पहिलो शक्तिको रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले देशमै एमाले पहिलो पार्टी भएको र मकवानपुरमा पनि पहिलो पार्टी भएको र आउँदो दिनहरुमा पनि पहिलो पार्टीको रुपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । उनले आउँदो स्थानीय,प्रदेश र केन्द्र तीनै तहको निर्वाचनमा मकवानपुरमा एमाले विजयी बनाउन पार्टीका गतिविधिहरु बढाईने बताए ।
कार्यक्रममा बोल्दै उनले नख्खु जेल ब्रेक गरेर निस्केको कमयुनिष्ट शक्ति पुञ्ज आज मेचि महाकाली,हिमाल पहाड र तराई देशभर फैलिएको बताए । उनले एमाले राष्ट्रिय राजनीतिको मूल शक्ति भएको बताउँदै देशभर एमालेको जनलहर आएको बताए । उनले विस २०३३ सालमा नख्खु जेल ब्रेक गरेर निस्केका कम्युनिस्ट नेतृत्वहरुलाई संरक्षण दिने फाखेलका सम्पूर्णलाई सम्मान व्यक्त गरे ।
उनले एमालेको जनताको बहुदलीय जनवाद (जवज) ले समृद्ध नेपाल सुखी नेपालीको अभियानको आकांक्षा पुरा गर्ने बताए । उनले एमालेको चौतर्फी घेराबन्दी भईरहेको बताउँदै अब यस विरुद्धको षणयन्त्रलाई तोडेर अघि बढ्ने बताए ।


























