काँग्रेस मकवानपुरको सभापति पदमा ५ को दाबी
मकवानपुर, २ फागुन । नेपाली काँग्रेस मकवानपुरको सभापति पदमा ५ जनाले दाबी गरेका छन् । सभापति पदका लागि हालसम्म पार्टीका कार्यवाहक सभापति विष्णु प्रसाद लामिछाने, सचिव बुद्ध लामा, निवर्तमान हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, नेविसंघका केन्द्रीय नेता प्रभात कुमार दाहाल र सल्लाहकार जयराम लामिछानेले दाबी गरेका छन् ।
उनीहरुले औपचारिक रुपमै सभापति पदको दाबी गरेपछि काँग्रेसु मकवानपुरको अधिवेशन निक्कै प्रतिस्पर्धीमय बन्ने देखिएको छ । काँग्रेस मकवानपुरको अधिवेशन यही फाुगन १३ गतेलाई तय गरिएको छ ।


























