७२ लाख खर्चेर गाडी किन्दै बागमती प्रदेश सरकार
काठमाडौँ । बागमती प्रदेश सरकारले झन्डै ७२ लाख खर्चेर एउटा गाडी किन्ने भएको छ ।
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का लागि ७१ लाख ७५ हजारको गाडी किन्न बोलपत्र पनि स्वीकृत भएको छ ।
अढाइ महिनाअघि बोलपत्र आह्वान गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार बोलपत्र स्वीकृत गरेको हो ।
हार्ड टप जीप खरिदको ठेक्का अग्नि इन्कपेरिटेड प्रालि काठमाडौँले पाएको छ । १४ मन्त्रालय रहेको बागमतीमा १८ सदस्यीय मन्त्रिपरिषद् छ ।


























