बागमती प्रदेश दुग्ध बिकास बोर्डका उपाध्यक्ष सापकोटालाई हटाइयो

हेटौंडा । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको बागमती प्रदेश दुग्ध बिकास बोर्डका उपाध्यक्ष टिका बल्लब सापकोटालाई हटाइएको छ । मन्त्रालयले दुइपटक स्पष्टिकरण सोधेर सापकोटालाई हटाएको हो । पहिलेको एमालेको सरकारले नियुक्त गरेका पदहरुमा धमाधम हटाएर आफ्ना पार्टीकालाई नियुक्ती गर्ने अभियान अनुसार सापकोटालाई पनि हटाइएको पत्र दिइएको हो । प्रदेश सरकारले राजनीतिक प्रतिशोधका कारण हटाइएकाले अदालत जाने तयारीमा सापकोटा हुनुहुन्छ ।

बोर्डका उपाध्यक्ष सापकोटालाई हटाएर अब फेरी खुल्ला प्रतिस्पर्धाबाट नियुक्तीको तयारी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेले बताउनुभयो । प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको ऐनको दफा १० (२) बमोजिम मन्त्रालयवाट गठन भएको छनौट समितिले सिफारिस गरेका तीन जना ब्यक्ति मध्येवाट प्रदेश सरकारले नियुक्त गर्न सक्ने व्यवस्था अनुसार सापकोटाई २०७७ साल असोज २७ गतेको प्रदेश मन्त्रिपरिषदवाट नियुक्त गरिएको थियो ।

उहाँको पदावधि ४ वर्ष हुँदा हुँदै पनि राजेन्द्र पाण्डेको सरकार आएपछी हटाइएको हो । बोर्डमा भइरहेको गलत प्रवितिलाई प्रोत्साहन नगरीकन निरुत्साहीत गरेकाले आफुलाई हटाइएको सापकोटाले बताउनुभयो । यसका बिरुद्धमा चाडैनै अदालत जाने उहाँले बताउनुभयो ।

बिहीबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव डाक्बर शरण कुमार पाण्डेको संयोजकत्वमा प्रदेश दुग्ध विकास बोर्ड विनियमावली, २०७६ को विनियम ५ मा भएको व्यवस्था बमोजिम सिफारीस समितिको बैठक बसेर अर्को नियुक्तीको प्रक्रिया पनि सुरु गरिएको छ । प्रदेश दुग्ध विकास बोर्डमा कार्यकारी उपाध्यक्ष पद रिक्त भएको हुदाँ प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७६ को दफा १० बमोजिम उपाध्यक्ष पद नियुक्तिको लागि प्रदेश दुग्ध विकास बोर्ड विनियमावली, २०७६ को विनियम ५ को उपविनियम २ (क) बमोजिम दरखास्त आव्हान गर्न सूचना प्रकाशन गर्ने निर्णय समेत गरिसकेको छ । राम्रोसंग काम गर्दागदै फरक पार्टीबाट नियुक्तगरेकै कारण हटाइएको सापकोटाले बताउनुभयो । जनपत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*