सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुबिच बैठक

काठमाडौं । सत्ता गठबन्धनको ‘निर्वाचन तयारी तथा अनुगमन समिति’ले निर्वाचन सम्बन्धमा संयुक्त विज्ञप्ति निकाल्ने भएको छ ।

गठबन्धनको बालुवाटारमा बसेको बैठकले समिति मार्फत बिज्ञप्ति निकाल्नेबारे निर्णय भएको बैठकमा सहभागी नेकपा ९एकीकृत समाजवादी०का सम्मानित नेता झलनाथ खनालले जानकारी दिएका छन् ।

‘हामीले रामचन्द्र पौडेलको नेतृत्वमा रहेको समितिले निर्वाचनका सन्दर्भमा संयुक्त विज्ञप्ति जारी गर्नेबारे कुरा निर्णय भएको छ,’ उनले भने ।

उनले आजको बैठक अनौपचारिक भएको पनि बताएका छन् । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा शुक्रबार मध्यान्ह सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरु बैठक बसेको थियो।

गत चैत २२ गते बसेको गठबन्धनको बैठकले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचनका लागि तयारी तथा अनुगमन समिति’ गठन गरेको थियो ।

समितिमा काँग्रेस महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा ९माओवादी केन्द्र०बाट सचिवालय सदस्यद्वय वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट महासचिव वेदुराम भुसाल र उपमहासचिव विजय पौडेल, जनता समाजवादी पार्टीबाट वरिष्ठ नेता अशोक राई र केन्द्रीय कार्यकारणी समिति सदस्य रेणु यादव सदस्य रहेका छन् ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका तर्फबाट पार्टी सचिव सचिव हिमलाल पनि सदस्य रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*