नेपाल प्रहरीले २९ सय बढी प्रहरी सहायक निरीक्षक र जवान माग्यो

काठमाडौं । नेपाल प्रहरीमा जनपद समूह तर्फको रिक्त प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको माग गरेको छ ।

नेपाल प्रहरीको मानव स्रोत विकास विभाग भर्ना छनौट शाखा नक्सालले २ हजार ९१७ प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको माग गरेको हो ।

माग भए अनुसार जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक चार सय ४३ र प्रहरी जवान दुई हजार चार सय ७४ जना रहेका छन् ।

खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम ती पदमा पदपूर्ति गर्न लागिएको छ ।

यसअघि नै निकालिएको सूचनामा केही संख्या थप गरेर आज पुनः सूचना निकालिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*