थाल ठटाएर महँगीविरुद्ध प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महँगीविरुद्ध प्रदर्शन गरेको छ । बुधवार राजधानीमा सो संगठनले थाल ठटाएर महँगीविरुद्ध प्रदर्शन गरेको हो ।

महिला संगठनका कार्यकर्ताले राजधानीको भृकुटीमण्डपदेखि भद्रकालीसम्म थाल ठटाएर प्रदर्शन गरेका थिए । उनीहरुले पछिल्लो समयमा सर्वसाधारण जनता महँगीका कारण मारमा परेको भन्दै उक्त समस्याको तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*