प्रतिनिधि सभा १ मा डीना २ हजार १ सय मतान्तरले अगाडी

हेटौंडा । मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा गठबन्धनकी उम्मेदवार नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्याय २ हजार १ सय मतान्तरले अगाडी छिन् । हालसम्म १५ हजार १ सय ४९ मत गणना गर्दा महालक्ष्मी उपाध्याय डीनाले ६ हजार ९ सय ५२ मत प्राप्त गरेकी छिन् ।

नेकपा एमालेको उम्मेदवार कमल थापाको ४ हजार ८ सय ४ मत प्राप्त भएको छ । यस्तै, राप्रपाका दीपक बहादुर सिंहले १ हजार ८ सय ९ मत प्राप्त गरेका छन् । हालसम्मको मत गणनामा ७ सय ७ म तबदर भएको छ । मत गणना जारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*