बागमती प्रदेशमा पहिलो प्रदेशसभा अधिवेशनको तयारी पुरा

हेटौँडा । आम निर्वाचन २०७९ को परिणाम सार्वजनिक भएसँगै बागमती प्रदेशसभा सचिवालयले पहिलो प्रदेशसभा अधिवेशनको तयारी करिब पुरा भएको जनाएको छ । प्रदेश अधिवेशन सहित सांसदहरुको सपथग्रहणको तयारीबारे आज हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै बागमती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले सचिवालयले दिनरात काम गरेर तयारी पुरा गरेको बताए ।

पत्रकार सम्मेलनमा उनले भने ‘हामीले भौतिक संरचनाहरु निर्माण गरिसकेका छौ, केहि काम थोरै बाँकी छन र ति काम पनि तिब्रगतिमा सम्पन्नको चरणमा छन् ।’ प्रदेशसभा सदस्यहरुको बैठक अघि हुने सर्वदलीय बैठकको तयारी पनि सुरु भैसकेको भन्दै उनले प्रदेशसभाको बैठक कक्षमा रङरोगन सहितका मर्मतका कामहरु सम्पन्न भएको बताए । त्यसबाहेक सभामुख, उपसभामुखको कार्यकक्षलाई ‘रि डिजाईन’ गर्ने काम पनि सकिएको खड्काको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*