हेटौंडामा ८८ कन्याको सामूहिक बेलविवाह कर्म सुरु

हेटौंडा । हेटौंडामा ८८ कन्याको सामूहिक बेलविवाह कर्म सुरु भएको छ । आज बुधबार र भोलि बिहीबार दुईदिन हेटौंडा–१० मा एउटै जग्गेमा सामूहिक बेलविवाह कर्म हुनेछ । नेवारी समुदायमा रजश्वला हुनुअघि कन्याको बेलविवाह गर्ने प्रचलन छ ।

मौलिक परम्परा, संस्कारअनुसार बेलविवाह गर्न एउटा परिवारलाई असहज हुनुका साथै गुरु पुरोहितको समेत अभाव हुने अवस्था देखिएपछि हेटौंडामा २०२९ सालदेखि सामूहिक बेलविवाह कर्म हुँदै आएको छ । हेटौंडामा सामुहिक बेलविवाह गुठी नै स्थापना गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*