विश्व हिन्दु महासंघ मकवानपुरद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

हेटौंडा । धार्मिक सहिष्णुता,जातीय एकता,गौ संरक्षण,जबरजस्ती धर्मान्तरण आदि विषय समेटेर विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको कार्यक्रम अनुसार जिल्ला कार्य समिति मकवानपुरले आज नेपाल सरकारलाई मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएको छ ।

महासंघका अध्यक्ष उत्तम शर्मा ढकालद्धारा हस्ताक्षरित पत्रमा गाई गोरुको हत्या गरी खुलेआम मांस भागबण्डा गरी खाए खुवाएको घटनाले सबैलाई स्तब्ध पारेको र यो पूर्णतः संविधान बिरोधी,संस्कृति र धार्मिक सद्भाव बिरोेधी कुकृत्य भएको भन्दै भर्सना गरिएको छ ।

विश्व हिन्दु महासंघ नेपाल जिल्ला कार्य समिति मकवानपुरका बरिष्ठ उपाध्यक्ष हयग्रीव आचार्य,सचिव प्रह्लाद घिमिरे लगायतको टोलीले जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत प्रधानमन्त्रीको कार्यलयलाई ज्ञापनपत्र बुझाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*