मनहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

मकवानपुर । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–७, रमनटारस्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएकी छन् ।

हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३०४० नम्बरको ट्रकले चितवनबाट हेटौंडातर्फ आइरहेको बा प्र ०३–०४ प ११६२ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

स्कुटर चालक, चितवनको भरतपुर महानगरपालिका–११ बस्ने करिब ५१ वर्षका मोति बहादुर क्षेत्रीलाई गम्भीर अवस्थामा उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको थियो । तर, उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

स्कुटरमा पछाडि सवार चितवन जिल्लाको भरतपुर–७ की ३७ वर्षीया नरमाया गुरुङ घाइते भएकी छिन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । प्रहरीले ट्रक र ट्रक चालक सप्तरी जिल्लाको वोर्डप्रसाई नगरपालिका–२ का ३५ वर्षीय अशोक यादवलाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*