क्योकुशिन कराते संघको आयोजनामा छैठौं रक्तदान कार्यक्रम सम्पन्न
हेटौंडा । मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी आइ.के.ओ युनियनको आयोजनामा छैठौं रक्तदान कार्यक्रम शनिबार हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रम मकवानपुर जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा आयोजना गरिएको हो ।
रक्तदान कार्यक्रम संघका अध्यक्ष बुद्धिनाथ न्यौपानेको सभाध्यक्षतामा तथा सचेत नागरिक समूहका अध्यक्ष एवम् संघका सल्लाहकार शिव नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा दुई जना महिला सहित २३ जनाले रक्तदान गरेको बागमती प्रदेश फुलकन्ट्याक्ट कराते महासंघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक विष्णु श्रेष्ठले उक्त जानकारी दिनुभयो ।
कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष सानू कुमार लामा, माधव तिमल्सिना, कार्यालय प्रमुख माधव कोईराला, नेपाल बालकुमारी क्योकुशिन कराते संघका केन्द्रीय सदस्य सुदर्शन खतिवडा, महासंघका सदस्य सुसन श्रेष्ठ, सुमन कर्माचार्य, अशोक डिमडुङ, सीता श्रेष्ठलगायत प्रशिक्षक तथा खेलाडीहरूको उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्र हेटौंडाका टंक डहाल र किशोर सापकोटाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।


























