मार्गप्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई एमालेको आग्रह

काठमाण्डौ । नेकपा एमालेले विकसित नयाँ राजनीतिक घटनाक्रमसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ । हिजो बसेको एमालेको सचिवालय बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउन पहलसँगै सबै राजनीतिक दललाई अबको सरकारमा सहभागी हुन आह्वान गर्ने निर्णय पनि गरेको छ ।

बैठकपछि पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले प्रमुख दुई दल कांग्रेस र एमालेबीचमा भएको सहमतिलाई पार्टीले स्वागतसहित समर्थन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । नयाँ सरकार बन्ने वातावरण निर्माणका लागि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने उहाँको भनाइ छ । तर अहिलेको सरकारमा रहेका एमालेका मन्त्री कहिले फिर्ता हुन्छन् भन्नेमा उहाँले जवाफ दिनुभएन ।

एमालेले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न भने पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने हुनुभएको छ । कांग्रेस–एमालेबीच नयाँ सत्ता समिकरण बनेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बसेको नेकपा माओवादी केन्द्र को पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मतको सामना गरेर अघि बढ्ने धारणा राख्नुभएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*