इङ्गल्यान्ड बन्यो विश्वकपमा तेस्रो : फ्रान्स ६-४ ले पराजित

काठमाडौँ । फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको रोमाञ्चक खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ ले पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।
मियामीमा शनिबार राति सम्पन्न खेलमा इंग्ल्यान्डका बुकायो साकाले ह्याट्रिक गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले ।

इंग्ल्यान्डले खेलको सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । डेक्लान राइस, एज्री कोन्सा र साकाले दुई गोल गर्दै पहिलो हाफमा फ्रान्सलाई दबाबमा राखेका थिए। दोस्रो हाफमा किलियन एम्बाप्पेले दुई तथा ब्राडली बार्कोलाले एक गोल गर्दै फ्रान्सलाई खेलमा फर्काउने प्रयास गरे पनि साकाले पेनाल्टीमार्फत तेस्रो गोल पूरा गर्दै इंग्ल्यान्डको जित सुनिश्चित गरे ।

यो जितसँगै इंग्ल्यान्डले विश्वकप २०२६ तेस्रो स्थानमा समाप्त गरेको छ भने फ्रान्स चौथो स्थानमा सीमित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*