नेपालमै पहिलोपटक काखीमुनि सानो प्वाल पारेर मुटुको कृत्रिम भल्ब परिवर्तन

काठमाण्डौ । नेपालमै पहिलोपटक काखीमुनि सानो प्वाल पारेर मुटुको कृत्रिम भल्ब परिवर्तन गरिएको छ । महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एक बिरामीको मुटुको कृत्रिम भल्ब परिवर्तन गरिएको हो ।

सेन्टरका कार्डियो तथा भास्कुलर विभागका प्रमुख डा.अनिल भट्टराईको नेतृत्वमा पोखराकी एक ५३ वर्षीया महिलाको काखीमुनि सानो प्वाल पारेर मिनिमल इनाभासिभ कार्डिया सर्जरी प्रविधि माइट्रल भल्ब परिवर्तन गरिएको हो । एक हप्ताअघि मुटुको भल्ब परिवर्तन गरिएको बिरामीको अवस्था सामान्य रहेको डा.भट्टराईले जानकारी दिनुभयो ।

यसअघि छाती चिरेर मुटुको भल्ब परिवर्तन गरिँदै आएको थियो । यने कृत्रिम भल्ब अमेरिकाबाट ल्याइएको थियो । डा.भट्टराईले इटालीबाट आफूले यो प्रविधिबाट मुटुको भल्ब परिवर्तन गर्नेबारे अध्ययन गरेर आएको बताउनुभयो । मुटुमा चारवटा भल्ब हुन्छन् । तीमध्ये बिरामीको माइट्रल भल्ब बिग्रेपछि नयाँ भल्ब हालिएको हो ।

डा.भट्टराईका अनुसार नयाँ प्रविधिबाट भल्ब परिवर्तन गर्न भारतमा २४ लाख रुपैयाँ लाग्छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले यो प्रविधिबाट भल्ब परिवर्तन गर्न सात लाख रुपैयाँ लाग्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*