राष्ट्रपतिद्वारा थप तीन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तीन वटा अध्यादेश जारी गरेका छन् । सरकारले गत मंगलबार सिफारिस गरेको विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी दुई अध्यादेश र बुधबार सिफारिस गरिएको सार्वजनिक पदाधिकारीहरुको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश राष्ट्रपति पौडेलले जारी गरेका हुन् ।

सरकारले सिफारिस गरेका कुल आठमध्ये यसअघि सहकारी, सम्पत्ति शुद्धीकरण र सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी अध्यादेश जारी गरिसकेका छन् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र केही नेपाल ऐनलाई संशोधन गर्न बनेकोसहित अब दुई अध्यादेश जारी हुन बाँकी छन् । केही नेपाल ऐन अन्तर्गत २० वटा ऐन संशोधनको सिफारिस गरिएको छ । विगतमा दुई–दुई पटक फिर्ता गर्दा लिएका आधार संशोधन नभई उस्तै प्रकृतिको व्यवस्था भएकाले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशका बारेमा राष्ट्रपति पौडेलले थप परामर्श गर्ने जनाएका छन् ।

अध्यादेश पेश भएपछि संविधानविद्हरुसँग परामर्श गरेका राष्ट्रपति पौडेलले यसबारेमा प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि परामर्श गर्ने तयारीमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*