बालुवाटारमा सुरु भयो नेकपा सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिए पनि सुरक्षाको कारण देखाउँदै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

शनिबार बसेको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव सचिवालयका सबै सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको थियो । आजको बैठकमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत प्रस्तावका विषयमा समेत छलफल शुरु हुने सचिवालयका सदस्यहरुको भनाइ छ ।

दुई अध्यक्षको फरक फरक प्रस्ताव बैठकमा आएपछि बढेको विवादलाई सल्टाउन आवश्यक परामर्शपछि दुवै अध्यक्षको संयुक्त प्रस्तावका लागि सचिवालयका सदस्यहरुले आजदेखि सुझाव प्रस्तुत गर्नेछन् । अध्यक्षद्वयको प्रस्तावमाथि सचिवालयका सदस्यहरुले राय सहितको सुझाव राखेपछि सचिवालय बैठकले प्रस्तावबारे ठोस निर्णय गर्ने बताइएको छ ।

सचिवालयमा दुई अध्यक्षसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र महासचिव विष्णुप्रसाद पौडेल सदस्य रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*