अधिकारीको संयोजकत्वमा श्री वैष्णव व्यवसायी सङ्घ मकवानपुर गठन

हेटौँडा । मकवानपुर जिल्लामा श्री वैष्णव सम्प्रदायका व्यवसायीहरूको व्यावसायिक हित  तथा आपसी एकता अभिवृद्धि गर्ने उद्देश्यले श्री वैष्णव व्यवसायी सङ्घ मकवानपुरको तदर्थ समिति गठन गरिएको छ ।

शनिबार हेटौँडा–१७ मा सम्पन्न प्रारम्भिक भेलाले लक्ष्मण अधिकारीको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति चयन गरेको हो । समितिको सहसंयोजकमा अयोध्या भट्टराई, सचिवमा कुमारमणि दाहाल, सहसचिवमा नवराज न्यौपाने तथा कोषाध्यक्षमा ह्यगृब न्यौपाने चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा राघवराज न्यौपाने, विष्णुप्रसाद घिमिरे, तोताद्रीनाथ पौडेल, विजय पौडेल, युवराज सापकोटा, धर्मेन्द्र सुवेदी, रामप्रसाद तिमल्सिना र राम देवकोटा रहेका छन् ।

नवनिर्वाचित संयोजक अधिकारीले मकवानपुर जिल्लामा विभिन्न पेशा तथा व्यवसायमा आबद्ध श्री वैष्णव सम्प्रदायका व्यक्तिहरूको साझा हित संरक्षण, व्यावसायिक विकास तथा आपसी सहकार्य प्रवर्द्धनका लागि संस्था गठन गरिएको जानकारी दिनुभयो ।

भेलाले सङ्घको विधान मस्यौदा समिति गठन गर्ने तथा जिल्लाभित्र विभिन्न पेशा व्यवसायमा संलग्न श्री वैष्णव समुदायका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गर्ने निर्णयसमेत गरेको छ ।

समाजसेवी कुमारमणि दाहालको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हेटौँडा–१७ का वडाध्यक्ष उद्धव सत्यालको प्रमुख आतित्यथा रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*