मकवानपुरमा कोरोनाको सक्रिय संक्रमित २ सय ६७
हेटौंडा । मकवानपुरमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या बढ्दो क्रममा छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा थप १५ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा हाल सक्रिय संक्रमितको संख्या २ सय ६७ जना पुगेको छ । जसमा २ सय ६४ जना घरमै र ३ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरको अनुसार जिल्लामा हालसम्म ३ हजार ६ सय २३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा हालसम्म ३ हजार ३ सय २२ जना संक्रमण मुक्त भएका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण ३१ जनाको मृत्यु भएको छ ।
























