पुलिसको डण्डाले हिजोभन्दा आज करङ दुख्यो – वरिष्ठ नेता रामचन्द्र पौडेल

हेटौंडा । व्यास नगरपालिकामा पुल उद्घाटनका लागि जाने क्रममा पक्राउ परेर रिहा भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल असली लोकतन्त्र कहिले मिल्छ भन्दै प्रश्न गरेका छन्।

बुधबार बिहान सामाजिक संजालमा प्रहरीले पक्राउ गरेको तस्विर राख्दै पौडेलले उक्त प्रश्न गरेका हुन् । उनले भनेका छन्,“पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ । सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन ।

असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।”

नेता पौडेल व्यास नगरपालिकाले निर्माण गरेको पुलको उद्घाटन गर्न गृहजिल्ला पुगेका थिए । उनलाई पुल उद्घाटन गर्न दिन नहुने भन्दै नेकपा कार्यकर्ताले प्रदर्शन गरेका थिए । सम्भावित झडपलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

बुधबार दिउँसो निषेधाज्ञाको अवज्ञा गर्दै पौडेल कार्यकर्तासहित पुल उद्घाटनका लागि गएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*