बालिका बलात्कारको आरोपमा मकवानपुरमा एक युवक पक्राउ
हेटौंडा । बालिका बलात्कार गरेको आरोपमा गएको १६ गते ९मंगलबार० एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ९ घरेटी टोलका २१ वर्षीय हरिशरण गिरि रहेका छन् । उनलाई सोहि ठाउँकी २ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत सोमबार १५ गते साँझ आमाको काखमा खेलिरहेकी उनलाई चकलेट किनिदिन्छु भन्दै गिरिले बालिकाको घर भित्र लगेका थिए । त्यही क्रमममा उनले बालिकालाई बलात्कार गर्दागर्दै आमाले देखेको र स्थानीय लाई खबर गरेको प्रहरीले जनाएको छ । यस विषयमा आवश्यक थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय मनहरीले जनाएको छ ।
केहि साता अघि पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नंबर ७ को लामिटारमा स्थानीय ४ वर्षीया बालिका रुविना पाख्रिनको बलात्कार पछि हत्या भएको थियो । मकवानपुरमा पछिल्लो समय बलात्कारको घटनाहरु बढीरहेका छन् ।
























