परेवाभिर सडक निर्माणको ठेक्का सम्झौता हुदै
हेटौँडा । बहु प्रतिक्षित परेवाभिर सडक निर्माणको आज सम्झौता हुने भएको छ । राक्सिराङ गाउँपालिका वडा नंबर ४ र ५ मा रहेको परेवाभिर ६ सय ३० मिटरको सडक निर्माणको लागि टेन्डर आब्हान भएको चार महिना पछि आज ठेक्क सम्झौता हुने भएको हो ।
गाउँपालिकाले सडक निर्माणको लागि ६ करोड ७५ लाख रुपैँयाको टेन्डर आव्हान गरेकोमा उक्त टेन्डर बाँनीया लामा जेभीलाई परेको छ । ४ करोड ३२ लाख रुपैयामा टेन्डर सम्झौता हुने राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
बहुचर्चित बनेको परेवाभिर क्षेत्रबाट सडक निर्माणको लागि गाउँपालिकाले २ करोड तथा केन्द्रीय सरकारले २ करोड रुपैँया उपलब्ध गराएको छ भने बाँकी रकम भने अन्य श्रोतबाट संकलन हुने भएपछि गाउँपालिकाले सडक निर्माणको लागि डेन्डर आव्हान गरेको थियो । सडक निर्माण १८ महिनामा सक्नेगरी सम्झौता हुने भएको हो ।
























