शिक्षकको अपहरणपछि गोली हानेर हत्या
मोरङ – मोरङमा एक शिक्षकको हत्या भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिकाका–१ स्थिति सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या भएको मोरङ प्रहरीले जनाएको छ ।
५४ वर्षीया श्रेष्ठलाई मंगलबार विहान ६ बजेतिर अज्ञात समूहले घरबाटै अपहरण गरी लगेको र केही समयपछि गोली हानी हत्या गरेको प्रहरीको भनाइ छ ।
श्रेष्ठको शव घरदेखि एक किलोमिटर परको मिक्लाजुङ–१ मै पर्ने बर्खेको जंगलमा भेटिएको मोरङ र प्रअ श्रेष्ठको टाउकोमा गोली प्रहार गरिएको प्रहरीले जानकारी दिएको छ ।
परिवारका सदस्यका अनुसार मंगलबार बिहान सवा ६ बजेतिर ४र५ जनाको संख्यामा आएको समूहले प्रअ श्रेष्ठलाई अपहरण गरेको थियो ।
अपहरण गर्नेहरु नेकपा विप्लव समूहका कार्यकर्ता हुनसक्ने प्रहरीको आशंका छ । घटनामा संलग्नको पहिचान भइ नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
























