आइतबारदेखि मनकामना मन्दिर र केवलकार खुल्दै

प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर मंसिर २८ गतेदेखि खुल्ने भएको छ।गत चैतदेखि बन्द रहेको मन्दिर स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्ने गरी भक्तजनका लागि पूजाआजाका लागि खुला गर्न लागिएको हो।

कोरोनाभाइरस महामारीपछि मन्दिरमा पूजाआजा गर्न भक्तजनलाई रोक लगाइएको थियो। दैनिक पूजा भने पूजारीले गर्दै आएका थिए।

मनकामना क्षेत्र विकास समितिको आयोजनामा सहिद लखन गाउँपालिका, वडाध्यक्ष, मनकामना मन्दिर जीर्णोद्वार समिति, पूजारी, मनकामना केवलकार, उद्योग वाणिज्य संघ र राजनीतिक दलका प्रतिनिधि बैठक गरेर मन्दिर र केवलकार खुलाउने निर्णय भएको स्थानीय बासिन्दा नरेन्द्र श्रेष्ठले जानकारी दिए।

आठ महिनापछि मन्दिर र केवलकार सञ्चालनमा आउन लागेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*