पेट्रोलियम पदार्थको मूल्य बृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले मूल्य बढाएको हो। निगमका अनुसार डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ र पेट्रोलमा एक रुपैयाँले मूल्य बढेको छ।

भारतीय आयल कर्पोरेशनले डिसेम्बर १ मा मूल्य बढाएर पठाएकाले मूल्य बढाउनु परेको आयल निगले जनाएको छ। नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*